काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुको संख्या घटाउनुपर्ने माग गरेका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै सांसद समेत रहेका पौडेलले सो कुरा बताएका हुन् ।
बैठकमा आफ्नो धारणा राख्दै नेता पौडेलले प्रतिनिधि सभामा २०१ र राष्ट्रिय सभामा ३५ सदस्य बनाउनुपर्ने माग राखे । त्यस्तै केही संवैधानिक व्यवस्था संशोधनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने र त्यसैको आधारमा समावेशिताको आधारमा प्रतिनिधि सभा २०१ जना प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्न कांग्रेसले अगुवाइ लिनुपर्ने बताए । साथै राष्ट्रिय सभा सदस्यको संख्या बढी भएको भन्दै त्यसलाई पनि ३५ मा झार्नुपर्ने उनको धारणा रहेको छ ।
त्यस्तै पार्टीबाट प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी हुन नपाउने व्यवस्था बनाउनुपर्ने उनले बताए । साथै ४ पटकभन्दा बढी सांसदको टिकट नपाउने प्रावधान अघि सार्नुपर्ने उनको धारणा रहेको छ ।
अहिले पार्टी बिरामी रहेका कारण सिटामोलले मात्र नभएर सर्जरीनै गर्नुपर्ने अवस्था रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया