सूचना प्रविधि र कृषि क्षेत्रको विकासका लागि नेपाल इजरायलसँग सहकार्य गर्न इच्छुक : मन्त्री शर्मा

लोकपथ
56
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत खनान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शर्माले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रको विकासका लागि इजरायलसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताइन् ।

मन्त्री शर्माले नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै कृषिमा यसको प्रयोग गर्न चाहेको पनि बताइन् ।

उनले भनिन ‘हामीले सरकारको नीति तथा कार्यक्रममार्फत पनि यो स्पष्ट गरेका छौं कि अब नेपालमा सूचना प्रविधि प्राथमिकताको क्षेत्र हो । डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको छ ।’

देशभरि सूचना सञ्चारको पहुँच विस्तार तीब्र गतिमा भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले यसलाई प्रधानमन्त्रीले पनि उच्च प्राथमिकता राखेको जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?