शिक्षा मन्त्री राईले गरे डाक्टर देवकोटा, कोइराला, रुईत र महाविर पुनको प्रशंसा

लोकपथ
35
Shares

काठमाडौं । शिक्षा मन्त्री अशोक कुमार राईले, स्वर्गीय डाक्टर उपेन्द्र देवकोटा, डाक्टर भगवान कोइराला, डाक्टर सन्दुक रुईत र महाविर पुनको खुलेर प्रशंसा गरेका छन् ।

संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले उनीहरुले विदेशमा प्राप्त ज्ञान र आन्दनको जीवन छोडर नेपालको माटोका लागि योगदान गरेको भन्दै खुलेर प्रशंसा गरे ।

‘ उहाँहरुले विदेशमा विदेशमा राम्रो हैसियत बनाउन सक्ने हुदाँ पनि देशको माग सिर्गान बस्नु भएको छ । तर हामीले हाम्रो भाइ बहीनीहरु छोराछोरीहरुमा यो भावना जगाउन सकेनौं ।’ उनले भने ‘मलाई लाग्छ शिक्षा मन्त्रालयमा काम गर्ने हामीहरुले चिन्ता गर्नु पर्ने चिन्तन गर्नु पर्ने गम्भिर पक्ष यो हो । ’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वर्तमान अवस्था, समस्या एवम् चुनौतिका सम्बन्धमा आयोजित छलफलमा उनले समस्या पैसा जनशक्ति र भौतिक संरचनाको अभावबाट मात्रै नभएको भन्दै उनले सोचमै समस्या भएको बताए ।

उनले भने ‘समस्या हाम्रो सोचमा छ । हामीले ती सोचलाई व्यारिएरलाई किन तोड्न सकिराखेका छैनौं भन्ने मलाई अनुभव भइरहेको छ । अब ऐन कानूनहरु निर्माणाधिन छन् । प्रक्रियामा छन्। ’

उनले ऐन नियम निर्माणलगायतका आवश्यक काम भइरहेको बताएका उनले आफूले जीवनको उत्तरार्धमा सकेसम्म देशको लागि केही गरौं भन्ने लक्ष्यका साथ काम गरिएको जिकिर गरे ।

छलफलमा सहभागि सासंदहरुले सरकारले योजनावद्ध काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए । सांसद सुमना श्रेष्ठले विद्यार्थीहरु पास मात्रै भएका छन् की आवश्यक ज्ञान पनि सिकेका छन् भन्ने कुराको अनुगमन नै नभएको तर्क गरिन् ।

परिणाममै शिक्षाको गुणस्तरण मापन हुनु पर्ने उनको माग छ । सांसद तोसिमा कार्कीले, बजेट उपयोगमा शिक्षा क्षेत्र चुकेको आरोप लगाइन् । शिक्षा क्षेत्रको सुधारका लागि बजेट नै नलाग्ने संघीय शिक्षा ऐन र विश्व विद्यालय छाता ऐन टेवल हुनु आवश्यक रहेको उनको भनाई छ ।

४३ प्रतिशत नर्स विदेशीएको भन्दै उनले विद्यालयमा नर्स व्यवस्था गर्ने व्यवस्था कार्यान्वयन नभएको भन्दै आपत्ति जनाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?