प्रधानमन्त्री इटाली भ्रमणमा जाँदै

लोकपथ
126
Shares

काठमाडौंं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड इटाली जाने भएका छन् ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो प्रस्ताव स्वीकृत गरेको हो ।

संयुक्त राष्ट्र संघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुुड सिस्टम समिट २०२३ मा सहभागि हुने प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डल इटाली जान लागेको हो ।

उक्त समिट जुुलाई २४,२५ र २६गते हुन लागेको हो ।

बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा त्यहाँ कार्यरत डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

तेस्रो पटक प्रधानमन्त्री भएपछिको प्रधानमन्त्रीको यो दोस्रो विदेश भ्रमण हो । यसअघि गत जेठमा प्रधानमन्त्री भारत भ्रमणमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?