कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

लोकपथ
0
Shares

कांग्रेस केन्द्रीय समिति बैठक बुधबार पनि बस्दैछ । बैठकको पहिलो दिन मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले १० वुँदे प्रस्ताव र सोही प्रस्ताव भित्रको सांगठनिक कार्ययोजना तथा कार्यतालिका महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेका थिए ।

यस्तै बैठकमा उपसभापति पूर्णबहादुर खड्काले मंसिर ४ को निर्वाचन परिणाम पश्चात विकसित घटनाक्रम र सरकारको गतिविधिबारे जानकारी गराएका थिए ।
यस्तै नेता गोपालमान श्रेष्ठले केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने आनन्द ढुंगानाले केन्द्रीय अनुशासन समितिको प्रतिवेदन पेश गरेका थिए ।
यसैगरी नेता रमेश लेखकले संसदमा पार्टीको गतिविधि सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदनमाथि बुधबार बिहान पार्टी कार्यालयमा ११ बजेदेखि सुरु हुने बैठकमा छलफल सुरु गरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?