रास्वपाको उदयपछि विदेश जाने दर बढेको एमाले महासचिव पोखरेलको आरोप

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय दलका रूपमा उदाएपछि विदेश जाने दर ह्वात्तै बढेको आरोप लगाएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विदेश गएकाहरूलाई देश फर्काउँछौँ भन्नेहरू राष्ट्रिय दलको उदायपछि विदेशिने संख्या झनै बढेको बताए ।

उनले भनेका छन्, ‘नेकपा(एमाले) सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारवाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा(एमाले) हो भन्ने जनविश्वासलाई उजागर गर्दछ । तर तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा(एमाले)लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो।  विदेशमा गएकाहरुलाई देश फर्काउछौ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए । तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदयभएपछि नै विदेशीनेको संख्या झनै वढ्यो । के यसको जिम्मेवारी नेकपा(एमाले)ले नै लिनुपर्ने हो र ?’

रास्वपाका सभापति रवि लामिछानेले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको पूर्वसंघारमा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चाल्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?