चिया बगानमा बोलाई १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गर्ने २ जना पक्राउ

लोकपथ
175
Shares

काठमाडौं । झापामा जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी बस्ने १४-१४ वर्षीय २ जना किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित चिया बगानमा बोलाई ती किशोरीलाई आइतबार राति दुवै जनाले पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?