काठमाडौं । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको सर्वाधिक सफल मोडल आइएक्स–३ नेपालमा सार्वजनिक भएको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रीक मोडल आईएक्स ३ नेपाल ल्याएको हो ।
बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल हो । नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै सून्य कार्वन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको माग बमोजिम अल–इलेक्ट्रीक एसएभी आईएक्स–३ सार्वजनिक गरेका हो ।
निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष हो । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ ।
यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परिक्षणले प्रमाणित गरेको छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा सून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ । यात्रालाई अस्मिरणीय बनाउन म्यूजिकको लागि १६ वटा स्पीकर प्रयोग गरिएको छ । हर्मोन कार्डनको साउन्ड सिस्टम भएको कारण यसमा संगितको उत्कृष्ट अनुभव लिन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया