काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ९ जना प्रहरीलाई विशेष बढुवा गरेका छन् । कुँवरले एक प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, ५ जना सहायक हवल्दार र एक जना जवानलाई विशेष बढुवा गरेका हुन् ।
कुँवरले तिलराम बोहरा सार्कीलाई प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा गरेका छन् । त्यस्तै, अर्जुन सेठ्ठी र बामदेव घिमिरेलाई प्रहरी नायब निरीक्षकमा बढुवा गरेका छन् ।
प्रहरी सहायक हवल्दारहरु सुवास नेपाली, लक्ष्मण सापकोटा, भुदरमणि जोशी, गनकुमार खण्डलुक र उपेन्द्र चौधरी प्रहरी हवल्दारमा बढुवा भएका छन् । प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया