झापामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
245
Shares

काठमाडौं । झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-१ बस्ने ५९ वर्षीय नरेश रसाईलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

रसाईलीले ती बालिकालाई बुवाआमा धान रोप्न खेतमा गएको अवस्थामा फकाई आफ्नै घरको कोठाभित्र लगि ललाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?