निजी कलेजको शुल्कबारे अनेरास्ववियुको आपत्ति, आन्दोलन गर्ने चेतावनी

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुले निजी माध्यामिक विद्यालयले मनपरी शुल्क लिएको र छात्रवृत्ति नदिएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै देशभरका कक्षा ११ र १२ को शुल्कका विषयमा अनुुगमन गर्न सम्बन्धित कमिटीलाई निर्देशन समेत दिएका छन् ।

धेरै निजी कलेजहरुले अत्यन्त कम तलबमा शिक्षकहरुलाइ काममा लगाउने, कमसल खालका शैक्षिक सामाग्रीको प्रयोग गरेर गुणस्तरमा सम्झौता गर्ने तर विद्यार्थीलाई आकर्षित गर्न भड्किला प्रचार गर्ने, भौतिक पुर्वाधारहरु देखावटी रुपमा तयार गर्ने तर एउटै कक्षामा धेरै विद्यार्थीहरु राखेर पठन–पाठन गराउने लगायतका कामहरु गरेको अनेरास्ववियुको आरोप रहेको छ ।

त्यस्तै विद्यार्थीहरुलाई चर्को शुल्क लिने कलेजहरुको नियमन गर्न सम्बन्धित पालिकालाई आग्रह गरेको तर माग सम्बोधन नगर्ने कजेलका विरुद्ध आन्दोलन गर्ने अनेरास्ववियुले चेतावनी दिएको छ ।

‘अत्यन्त कम तलबमा शिक्षकहरुलाइ काममा लगाउने, कमसल खालका शैक्षिक सामाग्रीको प्रयोग गरेर गुणस्तरमा सम्झौता गर्ने तर विद्यार्थीलाई आकर्षित गर्न भड्किला प्रचार गर्ने, भौतिक पुर्वाधारहरु देखावटी रुपमा तयार गर्ने तर एउटै कक्षामा धेरै विद्यार्थीहरु राखेर पठन–पाठन गराउने, अत्यन्त महङ्गो शुल्क लिने, भर्ना शुल्क, मासिक शुल्क, प्रयोगशाला शुल्क, अतिरिक्त क्रियाकलाप शुल्क लगायत विभिन्न बहानामा लाखौ पैसा अशुल गर्ने, सरकारले तोकेको संख्यामा छात्रवृत्ति नदिने, कागजी रुपमा मात्र छात्रवृत्तिको बिवरण बुझाउने, छात्रवृत्ति दिएका भनिएका विद्यार्थीसँग पनि विभिन्न बहानामा शुल्क उठाउने लगायतका गैरकानुनी र अराजक गतिविधिहरु प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ। बिगतमा अनेरास्ववियुले शैक्षिक बेतिथी अन्त्यको लागि पटक–पटक निर्णायक संघर्ष गरेको स्मरण गराउदै अहिले देखिएको शैक्षिक लुटको बिरुद्द गम्भीर कदम चाल्न, नीजि शैक्षिक संस्थाले लिन पाउने अधिकतम शुल्कको सिमा तोक्न, छात्रवृत्तिलाई पारदर्शी बनाउदै कम्तिमा २०५ विद्यार्थीहरुलाइ अनिवार्य छात्रवृत्तिको व्यबस्था गर्न, छात्रवृती छनोट निस्पक्ष गर्न अनेरास्ववियु नेपाल सरकार तथा सबै स्थानिय सरकार प्रमुखहरु सँग जोडदार माग गर्दछ ।’ अनेरास्ववियुले भनेको छ, ‘अन्यथा, विद्यार्थीको अधिकार प्रति सचेत, प्रगतिशील र जुझारु संगठन हुनुको हिसाबले यी तमाम बेथितीको बिरुद्द अनेरास्ववियु निर्णायक आन्दोलनमा उत्रने कुरा सम्बद्ध सबैमा जानकारी गराउदै तत्काल के कति शुल्क उठाइएको छ र छात्रवृत्तिको छनोट के कसरी भैरहेको छ भन्ने कुरको जानकारी लिन र खबरदारी गर्न अनेरास्ववियुले काठमाडौ महानगरपालिका र देशभरका पालिकाहरुमा अनुगमन संयन्त्र परिचालन गर्ने घोषणा गर्दै आवश्यक सहयोग पु¥याउनु हुन विद्यार्थी र अभिभावक समक्ष हार्दिक अपिल गर्दछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?