फुटबल क्लबमा आगलागी, १० खेलाडीको मृत्यु

ब्राजिलको फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको जलेर मृत्यु भएको छ ।

अत्याधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गोको कार्यालयमा शुक्रबार आगलागी हुँदा आगोमा जलेर १४ देखि १७ उमेर समूहका खेलाडीको मृत्यु भएको हो । 

 उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो  ।  

अत्याधुनिक प्रशिक्षणस्थलमा भएको आगलागीको कारण र क्षतिबारे सम्पूर्ण जानकारी आइसकेको छैन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?