जुवातास खेलिरहेका ९ जना पक्राउ

लोकपथ
441
Shares

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा बारा तिलुया नगरपालिका-१४ घर भई काठमाडौं कलंकी बस्ने ५० वर्षीय पूर्ण बहादुर कार्की समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?