अवैध सुनसहित एक जना पक्राउ

लोकपथ
182
Shares

मोरङ । विराटनगरमा अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका-१३ स्थित सडकबाट अवैध सुन ५१ ग्राम ७३ मिलिग्रामसहित भारत कलकत्ता बस्ने २९ वर्षीय सान्तनु मेहितीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मेहितीलाई तलासी गर्ने क्रममा उनको साथबाट उक्त सुनसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद सुन सहित राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?