WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल माघ २४ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर lokpath tv टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा lokpath tv लाई subscribe गर्न नबिर्सनुहोस् ।
1. काठमाडौंमा शनिवारसम्म पानी पर्ने, हिमाली भेगमा हिमपात : काठमाडौं उपत्यकासहित मुलुकका पश्चिमी भेगका अधिकांश स्थानमा वर्षा भइरहेको छ । दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानहरुमा हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकाशं स्थानमा समान्यदेखि पूर्ण बदली भई वर्षा हुनेछ ।
2. सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचको मृत्यु : सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा बिहीवार बिहान जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर छन् भने उनीहरुको खुर्कोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
3.पूर्वराजदूत हत्याको १ सय ७२ दिन – प्रहरीकोे पुरानै जवाफस् ‘अनुसन्धान जारी छ’ : २३ असोज ०७४ मा बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी भएको हत्या भएको झण्डै एक वर्षपछि राजधानीमा सर्वसाधारणलाई त्रसित हुने गरि ‘हाइप्रोफाइल मर्डर’ भयो ।
4. नेकपा कार्यदलभित्रै असन्तुष्टि चुलियो : संगठनात्मक एकताको प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको नेकपाको कार्यदलले काम गर्न नसकेको भन्दै सचिवालयले आफैँ रिपोर्ट लिएर गृहकार्य गर्ने भएपछि कार्यदलभित्रै असन्तुष्टि चुलिएको छ। कार्यदल सदस्यहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, लेखराज भट्ट र वेदुराम भुषालले बुधबार संयोजक रामबहादुर थापालाई भेटी सचिवालयको निर्णयमा असन्तुष्टि जनाएका हुन्।
5. प्रचण्डको दाबीः फागुन पहिलो साता पार्टी एकता सकिन्छ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण जरुरी रहेको उल्लेख गर्दै पार्टी एकताको काम आगामी फागुनको पहिलो साताभित्र टुङ्गो लगाइने बताएका छन् ।सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाअन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको काम बाहिर त्यति नदेखिए पनि युगान्तकारी काम भएको बताए ।
6. विप्लवको शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको हो ।
7. प्रधानमन्त्रीले भने, ‘प्रचण्डको वक्तव्यले ‘स्लीप’ खाएको हो’ : प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला प्रकरणबारे आफ्नो मुख खोलेका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाबारे जारी गरेको विज्ञप्तिप्रति प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदै मुख खोलेका हुन् ।
8. मानव तस्करीको आशंकामा १ सय ७९ जनाको उद्दार : नेपालका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पुर्यानइएका ३२ पुरुष र १ सय ४७ जना महिलालाई बुधवार उद्दार गरिएको छ । भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदुतावासका काउन्सुलर ९सहचरी० नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले उनीहरुको उद्दार गरेको हो ।
9. विद्यार्थी बिदेसिने क्रम अत्यधिक, चार वर्षमै झन्डै साढे दुई लाख बिदेसिए : अध्ययनका लागि विदेसिने विद्यार्थीको संख्या चार वर्षकै अन्तरालमा दुई गुणा बढीले बढेको पाइएको छ । २०७० सालमा २८ हजार १ सय २६ जना विद्यार्थी बिदेसिएकामा २०७४ सालमा बढेर ५८ हजार ७ सय ५८ पुगेको छ ।
10. फिफा वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा यथावत : नेपाल फिफा वरियताको १ सय ६१ औँ स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्व निकाय ‘फिफा’ले निकालेको नयाँ वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा यथावत रहेको हो । तयस्तै दक्षिण एशियाली देशमा माल्दिभ्स १ सय ५२ औँ स्थानमा छ । यता भारत १ सय ३ स्थानमा छ ।
11 . सिरहामा बस दुर्घटना -१५ जना घाइते, चालक फरार : सिरहाको धनगढीमाइ नगरपालिका ४ स्थित जयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बरियारपट्टिबाट जिरोमाइलतर्फ आउँदै गरेको ना४ख६२३ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ दुर्घटना हुँदा १५ जना घाइते हुन् ।
12. मनाङको तापक्रम माइनस २० डिग्रीसेल्सियस, जनजीवन प्रभावित : बुधवारदेखि निरन्तर हिमपात भएपछि मनाङको तापक्रम माइनस २० डिग्रीसेल्सियसमा पुगेको छ । निरन्तर दुईदिन देखिपरेको हिमपातले मनाङको जनजीवन कष्टकर बनेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले टंकी मनाङ, खाङ्सार, माथिल्लो मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा हिमपात भएको बताए ।
13. हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द : हिमाली जिल्ला डोल्पामा बिहीवार बिहानैदेखि भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
14. विश्व बैंकको नयाँ अध्यक्षमा माल्पासको नाम मनोनयन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गरेका छन् । विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै आउनुभएका माल्पासलाई नै राष्ट्रपति ट्रम्पले नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
15. शहिद स्मारक ‘बी’ डिभिजन लिग शुक्रवारबाट शुरु हुँदै, विजेताले ८ लाख रुपैयाँ पाउने : शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । भोली ‘शुक्रवार’देखि शुरु हुने ‘बी’ डिभिजन लिगको विजेतालाई अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले ८ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
16. नेपाल–भारत वाणिज्य सन्धि सम्बन्धि सहसचिव स्तरीय बैठक पोखरामा शुरु : नेपाल–भारत वाणिज्य सन्धि सम्बन्धि सहसचिव स्तरीय बैठक पोखरामा शुरु भएको छ । बिहीवारदेखि शुरु भएको बैठकमा नेपाली टोलीको नेतृत्व रविशंकर सैंजु र भारतीय टोलीको नेतृत्व भूपेन्द्रसिंह भल्लाले गरेका छन् ।
17. तेस्रो संस्करणको ‘डिपिएल’ क्रिकेट शनिवारबाट शुरु हुँदै, यस्तो छ खेलतालिका : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेट प्रतियोगिता यहि शनिवारदेखि शुरु हुँदैछ । त्यस्तै यसपटक उपाधि राशीमा वृद्धि गर्दै ३० लाख पु¥याइएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिमा वद्धि गरेको बताए ।
18. ब्राजिलको दक्षिणपूर्वी राज्यमा बाँध भत्किँदा ज्यान गुमाउने सङ्ख्या १ सय ५० पुग्यो : ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेका छन् । ती समेत गरी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको बताइएको छ । उक्त दुर्घटनामा परी अझै पनि १८२ व्यक्ति वेपत्ता रहेका यहाँको प्राकृतिक प्रकोप विभागले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया