जवरजस्ती चन्दा उठाएको आरोपमा श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ड नगरपालिका ८ हात्तीगौडाबाट जवरजस्ती चन्दा उठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भोजपुर घर भइ हाल काठमाडौं किर्तिपुर नयाँ बजार बस्ने वर्ष ३० का मनोज श्रेष्ठ छन् । 

प्रहरीले उनको साथबाट ९ हजार २ सय २५ रुपैयाँसहित महानगरीय प्रहरी प्रभाव बुढानिलकण्डबाट खटिएका प्रहरीले बुधवार राति पक्राउ गरेको हो । 

श्रेष्ठले हात्तीडास्थित ध्यान साधना केन्द्रको नाममा विभिन्न पसलहरुमा जवरजस्ती चन्दा उठाउँदै हिडिँरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?