काठमाडौं । भिभो १९औं एसियन खेलकुद हाङ्चोउ को लागि मोबाइल फोनको आधिकारिक आपूर्तिकर्ता हुने भएको छ । जुन १५मा होङझाव एसियन खेलकुदको १०० दिनको काउन्टडाउनको सुरुवात भएको थियो।
हस्ताक्षर समारोहमा होङझाव एसियन खेल आयोजक समितिका उप–महासचिव तथा कार्यकारी निर्देशक माओ गेन्होङ, समितिका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका उप–प्रमुख सु जियान फेङ, समितिकै बजार विकास विभागका उप–प्रमुख डु मेङफेई र ये होङ तथा भिभो चीनका भाइस प्रेसिडेन्ट (ब्रान्डिङ) जिया जिंगडोंग लगायत अन्य अतिथिहरू उपस्थित थिए ।
यस १९ औँ एसियन खेलकुद चीनको हाङ्चोउमा २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म ४५ राष्ट्रको सहभागितामा हुनेछ । एसिया महादेशकै सबैभन्दा ठूलो बहु–खेलकुद कार्यक्रमको रूपमा रहेको यस होङझाव एसियन खेलकुदले सम्पूर्ण एसिया भरी खेलकुद मार्फत एकता र सौहार्दताको बातावरण बनाउनेछ ।
हस्ताक्षर समारोहमा बोल्दै हाङ्चोउएसियन खेल आयोजक समितिका उप–महासचिव तथा कार्यकारी निर्देशक माओ गेन्होङले भन्नुभयो “होङझाव एसियन खेलकुदकोे अवसरमा भिभोसँगको साझेदारीको लागि हामी निकै उत्सुक छौँ । खेलकुद कार्यक्रममा भिभोको बृहत् अनुभव र नवीन प्रविधियुक्त उत्पादनहरूका साथ प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्ने भिभोको प्रतिबद्धता सँग–सँगै हामी पनि यस कार्यक्रमलाई प्रवद्र्घन गर्न र दर्शकहरूसँग बलियो र प्रभावकारी सम्बन्ध स्थापना गर्न सक्षम हुनेछौँ भन्नेमा हामीलाई विश्वास छ ।”
भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल भन्छन् “१९औँ एसियन खेलकुदले हाङ्चोउको सांस्कृतिक र खेलकुद आकर्षणलाई एशिया र सम्पूर्ण विश्वमा देखाउँछ । १९औँ एसियन खेलकुदको आधिकारिक मोबाइल फोन आपूर्तिकर्ता र आधिकारिक इ–स्पोर्ट्स गेमिङ फोनको रूपमा भिभोले प्रोफेसनल इमेजिङ टेक्नोलोजी र एक वास्तविक इ–स्पोर्ट्स अनुभवलाई एकै ठाउँँमा ल्याउँदै खेलकुद मार्फत एकताको भावना बढाउन र यस खेललाई अझ भव्य बनाउन मद्धत गर्नेछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया