काठमाडौं । आज फेब्रुअरी ७ अर्थात् ‘भ्यालेन्टाइन डे’को पहिलो दिन ।
‘भ्यालेनटाइन डे’ को प्रतिक्षा रहेको युवायुवतीले आज आफ्नो प्रेमीप्रेमीकालाई रातो ‘गुलाब’को फूल दिएर मनाइरहेका छन् ।
यो पश्चिमी संस्कृती भएपनि पछिल्लो केहि वर्षयता यसको प्रभाव नेपालमा पनि परेको पाइन्छ ।
१४ फब्रुअरीलाई भ्यालेनटाइन अर्थात प्रणय दिवस भनेता पनि प्रेम गर्नेहरुले यसलाई एक हप्तासम्म विभिन्न नामले मनाउने गर्छन् । यसको शुरुवात ७ फेब्रुअरीबाट शुरु हुन्छ ।
आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिनको रुपमा हेरिन्छ ।
प्रणय दिवसको औपचारिक शुरुआत सन् २६९मा रोमबाट शुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लंघन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएको बताइन्छ ।
आदेश तोडेको आरोपमा उनलाई इ.पू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाउन थालिएको हो ।
सात दिन मनाइने 'भ्यालेनटाइन डे', कुन दिन के ?
७ फेब्रुअरी ‘रोज डे’ : ७ फेब्रुअरीलाई ‘रोज डे’ को रुपमा मनाउने गरिन्छ ।

‘रोज डे’को दिन सबै आफ्नो प्रेमी साथीहरुलाई आफुले मन पराएका लाई गुलाबको फूल दिने गर्छन् । यस्तो तरिकाले गुलाबको फूल उपहार स्वरुप दिएर आफ्नो सम्बन्धलाइ जोड्ने काम गर्छ । साथीलाई पहिलो रंगको गुलाबको फूल दिन्छन भने आफूले मन पराएका व्यक्तिलाई रातो रंगको गुलाबको फुल दिइन्छ ।
फेब्रुअर ८ 'प्रपोज डे' : फेब्रुअरी ८ लाई ‘प्रपोज डे’को रुपमा मनाउने गर्दछन् । यो दिन आफुलाई मन परेकोलाई प्रेम प्रस्ताव गर्ने गर्दछन् ।

यदि कसैलाई तपाईले मन पराउनु हुन्छ भने यो दिन तपाईको लागि उपयुक्त हुन सक्छ । ‘प्रपोज डे’को दिन, यो कुरा पनि भन्नुस की तपाइको जीवनमा उसको कुन स्थान छ भनेर ।
९ फेब्रुअरी ‘चकलेट डे’ : फेब्रुअरी ९ लाई ‘चकलेट डे’ को रुपमा मनाइन्छ ।

‘चकलेट डे’को दिनको शुरुवात केहि मिठो खाएर गरिन्छ । साथै आफ्नो प्रेमीप्रेमीकालाई चकलेट उपहार दिएर आफ्नो प्रेमको सम्बन्धलाई अझ प्रगाड र चकलेट जस्तो मिठास बनाउने गरिन्छ । यो पनि भन्छन की चकलेट जस्तो मिठो केहि पनि हुदैन र प्रेम प्राप्त भए पछिको खुसी जस्तो अरु केहि पनि हुँदैन त्यस्तैले यस दिनलाई पनि महत्वका साथ मनाउने गरिन्छ ।
१० फेब्रुअरी ‘टेडी डे’ : ‘चकलेट डे’ को भोलिपल्ट मनाइन्छ ‘टेडि डे’ अर्थात ‘गुडिया डे’ ।

टेडि एकदम कोमल हुन्छ । जब यो दिन तपाईले आफ्नो प्रेमीप्रेमीकालाई ‘टेडि’ उपहार दिएर मनाउने गरिन्छ । आफ्नो प्रेमीप्रेमीकालाई टेडि उपहार दिँदा तपाईको मनको कुरा त्यो टेडिमार्फत तपाईले माया गर्ने मान्छे सम्म पुग्ने गर्छ । ।
११ फेब्रुअरी ‘प्रमिस डे’ : यस दिनलाई सबै प्रेमीप्रेमीकाले जिन्दगीभरी हामी एकले अर्कालाई साथ दिने छौ भनेर कसम खाने दिनको रुपमा मनाउने गर्दछन् ।

हरेक प्रेमी प्रेमीकाले यस दिन कसम खान्छन् जिन्दगी भर साथ निभाउनको लागि । यस दिन तपाई पनि आफ्नो प्रेमको जिन्दगीभर यादगार बनाउन सक्नुहुन्छ, एकले अर्कोसँग कसम खाएर ।
सदिन तपाई आफ्नो प्रेमको लागि यस्तो वाचा गर्नुहोस् र विस्तारै त्यसलाई पूरा गर्नतर्फ पनि लाग्नुहोस् । जस्तो कि ‘प्रोमिस यू, आई विल लव यू टिल द इण्ड अफ माई लाइफ’ आदि ।
१२ फेब्रुअरी ‘हग डे’ : यस दिन तपाई आफ्नो पार्टनरको मायाको अंगालोमा बेरेर आफ्नो माया र भावनाको अवगत गराउनु सक्नुहुन्छ ।

यस दिन तपाई आफ्नो साथीलाई ‘हग’ गरेर उसको कानमा भन्न सक्नुहुन्छ की ‘तपाइको दिलमा मेरो कुन स्थान’ छ भनेर ।
१३ फेब्रुअरी ‘किस डे’ : यस दिन अझ खास दिनको रुपमा लिइन्छ । आफ्नो प्रेमको लागि बजारबाट कुनै राम्रो गिफ्ट किनेर दिन सक्नुहुन्छ ।

यस दिन आफ्नो प्रेमीलाई उपहार स्वरुप तपाईले ल्याएको उपहार दिएर हग गर्नुभयो भने तपाइको प्रेमको गहिराइ बुझ्नेछन् । यस दिन तपाई आफ्नो प्रेमीप्रेमीकाको हात आफ्नो हातमा लिएर किस गरेर आफ्नो प्रेमको भाव प्रकट गर्न सक्नुहुन्छ ।
१४ फेब्रुअरी ‘भ्यालेनटाइन डे’ : १४ फेब्रुअरी ‘भ्यालेनटाइन डे’ । यस दिन सबै प्रमेप्रेमीकाको युवतीको लागि एकदम महत्वपूर्ण दिन ।

यस दिन आफ्नो दिलको कुरा खुलेर गर्न सक्नुहुन्छ । यदि तपाई आफ्नो दिलको कुरा जसलाई मन पराउनु भएको छ उसलाई भन्न सक्नुभएको छैन भने यस दिनलाई प्रयोग गर्न सक्नुहुन्छ र भन्नुहोस् ‘आइल यू’ म तपाईलाई धेरै माया गर्छु ।
यस दिन तपाईले मन पराएको मान्छेलाई प्रेम व्यक्त गरेर राम्रो खालको उपहार दिनुहोस् । यदि उसको दिलमा पनि तपाइको लागि कुनै स्थान छ भने तपाईको प्रपोजर्लाइ अस्वीकार अवश्य गर्ने छैनन् ।
तपाईले कसैलाई मन पराउनुहुन्छ भने यस दिन उपयुक्त हुन सक्छ ।
यसरी नै ‘भ्यालेनटाइन डे’ तपाई मनाउनु सक्नुहुन्छ र एक हप्तासम्म मनाएर आफ्नो प्रेमीसँग मिलेर जिन्दगीभर सााथ दिन सक्नुहुन्छ ।
‘रोज डे’देखि शुरुभएर ‘भ्यालेनटाइन डे’सम्म तपाई आफ्नो दिनलाई खास बनाउनु सक्नुहुन्छ ।
यसरी नै आफ्नो लाइफलाई भ्यालेनटाइनको सप्ताह जसरी प्रत्येक पललाई सधैको लागि यादगार बनाउनुहोस् । ‘ह्याप्पी भ्यालेनटाइन डे’ अर्थात प्रणय दिवसमा तपाईले चाहे, रोजेको व्यक्ति तपाईको साथ होस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया