सिन्धुली । सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा बिहीवार बिहान जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुको सनाखत भने भएको छैन ।
दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर छन् भने उनीहरुको खुकोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बा२५च९४२२ नम्बरको जीप सडकबाट करिब २ सय मिटर तल खसको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया