एमालेद्वारा आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध

लोकपथ
7
Shares

काठमाडौं । नेकपा एमालेले आज (बिहिबार) पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । बैठक शुरुभएसँगै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका हुन् ।

बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?