काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले जलहरीबारे सत्य तथ्य के हो ? भन्दै सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।
‘जलहरीबारे सदनमा निकै चर्चा भयो, मिडियाहरुमा पनि प्रमुखताका साथ समाचार आएको छ । तर भएको के हो ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरुले त्यहाँको सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने हामीले सुनेका छौ’, उनले प्रश्न गरेका छन् ।
‘कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । यसको सत्यतथ्य जनाकारी गराउन सदनमार्फत सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’ उनले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया