काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।
बालेनविरुद्ध परेको अदालतको अपहेलना मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो ।
सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा बालेनले अदालतको अपहेलना गरेको भन्दै परेको रिट परेको थियो ।
यसअघि बालेनले उच्च अदालत पाटनको आदेश मान्दिन भन्ने आशयको अभिव्यक्तिले अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले शुक्रबार मुद्दा दायर गरेकी थिइन् ।
भारतीय चलचित्र आदिपुरुषमा सीता भारतीय चेली भएको भन्ने डाइलग रहेको थियो । उक्त डाइलग नहटाएसम्म उक्त फिल्म चल्न नदिने भन्दै मुद्दा परेको थियो । सो मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया