पछिल्लो एक सातामा बाढी पहिरोमा परी १३ जनाको मृत्यु, २६ बेपत्ता

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । पछिल्लो एक सातामा बाढी पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् ।

वैशाख ३१ गतेदेखि जेठ ७ गते बिहानसम्म बाढी तथा पहिरोमा परी १३ जनाको मृत्यु भएको गृहमन्त्रालयका निमित्त सचिव तथा विपद व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थले जानकारी दिए । ।

बिहीवार बसेको राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै पन्थले सो जानकारी दिएका हुन् ।

पछिल्लो एक साताको अवधिमा ताप्लेजुङ, कास्की, भोजपुर, गोरखा, नुवाकोट र तनहुँमा मानवीय क्षति भएको छ र संखुवासभामा २० जना तथा ताप्लेजुङ र पाँचथरमा ३र३ जना बेपत्ता भएको उनले बताए ।

यस्तै एक साताको बिचमा बाढी र पहिरोमा परी ८ जना घाइते भएका छन् भने ४१ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको पन्थले जानकारी दिए ।

सरकारले सम्भावित बाढी पहिरोलाई ख्याल गरेर पूर्व तयारी गरेको पनि उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?