काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमले पहिलोपटक व्यवसायिक उडान शुरु गरेको छ ।
विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि नेपाल वायु सेवा निगमले मंगलबार बिहान पौने ९ बजे मलेसियाको क्वालालम्पुरबाट उडेको विमान भैरहवामा अवतरण गराएको हो ।
नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया