काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जर्मन नागरिक पक्राउ परेका छन् । झण्डै ७ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पउल वेर्स्टनामका एक जर्मन नागरिक पक्राउ परेका हुन् ।
उनी सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लाग्दा विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनले सुट्केसमा ६ किलो ८६० ग्राम चरेस बरामद गरिएको छ । पक्राउ परेका उनलाई लागुऔषध ब्युरो पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया