नियमावली संशोधन मस्यौदा समितिको बैठक

लोकपथ
14
Shares

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिको पहिलो बैठक बानेश्वरमा बसेको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा पहिलो बैठक बसेको हो । बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले मस्यौदा समितिले नियमावलीमा संशोधनको काम जति छिटो सक्नुपर्ने बाध्यकारी अवस्था रहेकाले बुझेर काम गर्ने छ भन्नेमा विश्वास व्यक्त गरेका छन्।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले नियमावली सर्वसम्मत ढङ्गले पास गर्न आग्रह गर्दै लामो समयसम्म संशोधन गर्न नपर्ने गरी तयार हुने विश्वास व्यक्त गरेका थिए । केही दिनअघि बसेको राष्ट्रियसभा बैठकले सो समिति गठनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो । सो प्रस्तावलाई प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?