धादिङमा गुडिरहेको बसमा आगलागी

लोकपथ
203
Shares

काठमाडौं । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । धादिङको धुनिबेशी नगरपालिका-९ मा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको हो ।

शनिबार बिहान साढे ११ बजेतिर धादिङबाट काठमाडौं आउदैगरेको ग १ ख ४८४६ नम्बरको बसमा आगोलागि भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी ) गौतम मिश्रले जानकारी दिए ।

बसमा चालकसहित ३५ जना सवार थिए । बसमा सवार ३५ जनै यात्रु सकसशल रहेका छन् । बसमा लागेको आगो नियन्त्रणमा लिन दमकलको प्रयोग गरिएको थियो । वाईरिङ सर्ट भइ आगलागी हुँदा बस जलेर पूर्ण रुपमा क्षति भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?