काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिने आरोप लगाएका छन् । एमाले काठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै ओलीले अर्थतन्त्र पूर्णरूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने बताएका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले खानिजन्य उद्योगहरु, उत्पादनहरु ठप्प प्रायः भएको बताएका छन् ।

‘पूर्णरूपमा अर्थतन्त्र ओरालो लाग्यो । असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन । अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, ओरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुस्किल हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ । यहाँ यत्तिकै हाहाहुहुँ गरेर कुद्नेहरु, २र४ ढुंगा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलब रु तिनको समर्थनमा स्टाटस लेखेर समर्थन गर्दै हिँडनेहरुलाई देशको के मतलब । तर, तपाईँ हामीले मतलब राख्नुपरेको छ । हामीले बुझ्नु परेको छ कि देश बर्बादीतिर जाँदैछ ।’ ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया