तनहुँ । तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो अग्रता कायमै राखेका छन् ।
शुरुवती अग्रता कायम गरेका वाग्लेले उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका गोविन्द भट्टराई भन्दा दोब्बर मतले अग्रता कायम गरेका हुन् ।
आज बिहान १०ः१५ बजेसम्म १८ हजार ६६१ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गरेका छन् ।
सो क्षेत्र अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया