कांग्रेसबाट आत्मा र शरिर अलग भयो : जगन्नाथ पौडेल

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेलले कांग्रेसबाट आत्मा र शरिर अलग भएको भन्दै कटाक्ष गरेका छन् ।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको कोणसभालाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् ।

‘गीतामा भनिएको छ, जब आत्मा र शरिर अलग हुन्छ तब त्यो मृत हुन्छ । हो अहिले कांग्रेस त्यही भएको छ । कांग्रेसको आत्मा र शरिर अलग भयो ।’ उनले भने ।

आफूले लामो समय नेपाली कांग्रेसमा काम गरे पनि त्यसले आफ्नो बाटो छाडेका कारण आफू त्यहाँबाट हिँडेको बताए । साथै ३०औँ वर्ष राजनीतिक दलहरुले देशलाई परिवर्तन गर्न नसकेको कारण अहिले आएका नयाँ दलहरुले केही आशा जगाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?