कुटनीतिमा संसदले प्रभावकारी भूमिका खेल्न आवश्यक : सांसद ढकाल

लोकपथ
91
Shares

काठमाडौं । सांसद एकनाथ ढकालले नेपालको राहदानी निकै कमजोर भएकाले यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताएका छन् ।

बुधबार संसदको शून्य समयमा बोल्दै सांसद ढकालले नेपालको राहदानी विश्वका अन्य देशको तुलनामा निकै कमजोर भएको बताएका हुन् ।

‘ग्लोबल पासपोर्ट इन्डेस्कको नतिजा अनुसार ११३ वटा देशलाई समावेश गर्दा नेपालको राहदानी १०७ औं स्थानमा छ । नेपालको राहदानी विश्वका अन्य देशको तुलनामा निकै कमजोर छ। नेपालको राहदानी र सोमालीयाको राहदानी करिब करिब उस्तैउस्तै छ। नेपालको कुटनीति कमजोर भएकोले यो अवस्था सिर्जना भएको हो ।’ ढकालले भने ।

सांसद ढकालले संसदीय कुटनीतिमा पनि प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?