कास्कीको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्कीएकी एक जना बालीकालाई सशस्त्र प्रहरीले अन्दाजी २०० मिटर गहिराईबाट निकालेको छ ।
सोही महानगरपालिका ८ नागढुंगा बस्ने १२ बर्षकी स्मृति पराजुली खेल खेल्ने क्रममा उक्त प्वालमा खसेकी थिइन् ।
सो बारे जानकारी पाए लगलै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएकोे गोताखोरसहितको टोलीले उनलाई निकालेको हो ।
उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनको अस्पताल पु¥याएलगत्तै मृत्यु भएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया