कस्ले राख्यो गाउँपालिका अध्यक्ष घिमिरेको घरपछाडी प्रेसर कुकर बम ?

लोकपथ
133
Shares

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरपछाडी प्रेसर कुकर बम फेला परेको छ ।

बिहान १० बजे घरबाट निस्किँदा बम शंकास्पद बस्तु फेला परेपछि घिमिरेले प्रहरीमा खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले नेपाली सेनाको सहयोगमा उक्त बम डिस्पोज गरिसकेको घिमिरेले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार त्यहाँ मधेश पिपुल्स पार्टीको पर्चा समेत फेला परेको छ ।

‘बिहान म घरबाट बाहिर निस्किँदा मेरो घर पछाडी रहेको कुल देवताको मन्दिरमा शंकास्पद बस्तु फेला परेपछि प्रहरीलाई खबर गरेको थिएँ । अहिले बम डिस्पोज भइसकेको छ ।’ उनले भने, ‘त्यहाँ मधेश पिपुल्स पार्टीको पर्चा भेटिएको छ ।’

नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका गाउँपालिका अध्यक्ष घिमिरेले आफ्नो कसैसँग पनि दुस्मनी नभएको उनले बताए । साथै प्रहरीले घटनाको सन्दर्भमा आवश्यक अनुसन्धान अघि बढाइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?