भारत जान लागेका रास्वपाका उपसभापति अर्याललाई विमानस्थलमा किन रोकियो ?

लोकपथ
385
Shares

काठमाडौं । पूर्व श्रम मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल शनिबार भारत जाने तयारीमा थिए ।

दिउँसो १ः४५ मा नेपाल एयरलाइन्सको जहाजबाट भारत जान लागेका अर्याल १२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । टिकट र राष्ट्रिय परिचय पत्र बोकेर चेकजाँचको लाइनमा बसेका अर्याललाई सुरक्षाकर्मीले नागरिकता बिना जान नपाइने भन्दै फर्काइदिएको छ ।

आफूलाई भारत प्रस्थानका लागि नागरिकता वा पासपोर्ट नै अनिवार्य रहेको भन्दै फर्काइएको उनले लोकपथसँग बताए ।

आफूसँग राष्ट्रिय परिचयपत्र, पेन कार्ड, लाइसेन्स समेत हुँदा पनि नागरिकता वा पासपोर्ट बिना जान नमिल्ने भन्दै फर्काइएको बताए ।

‘राष्ट्रिय परिचयपत्रलाई सर्वैसर्वा बनाइएको भनिएको छ । तर मलाई नागरिकता वा पासपोर्ट बिना भारत जान नपाइने भन्दै फर्काइयो ।’ उनले लोकपथसँग भने ।

आफूलाई सो विषयमा जानकारी नभएको र निगमले कुनै पनि सूचना जारी नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘म त एउटा राजनीतिकर्मी मलाई समेत सो बारेमा जानकारी भएन । निगमले कुनै सूचना समेत जारी गरेको पाइँदैन भने अन्य सर्वसाधारणको हकमा कति दुख पाइरहेको होलान ।’ उनले भने ।

यद्यपी आफूले पासपोर्ट मगाएर अहिले उडानको तयारी गरिरहेको उनले बताए ।

यता नेपाल वायु सेवा निगमले भने भारत प्रस्थानको लागि पासपोर्ट वा नागरिकता नै अनिवार्य रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?