नयाँ वर्षमा यस्तो छ गगन थापाको संकल्प

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्ला दिनमा राजनीतिक दल र नेतृत्वप्रति जनविश्वास क्षीण गएको बताएका छन् ।

नयाँ वर्षको शुभकामना दिँदै पूर्वमन्त्री समेत रहेका थापाले सो कुरा बताएका हुन् ।

साथै राजनीतिक प्रणाली, राजनीतिक दल र राजनीतिक व्यक्तित्वप्रति क्षीण हुँदै गइरहेको जनविश्वासलाई पुनः जागृत गराउन प्रयास गर्ने संकल्प लिएको समेत बताए ।

उनले भनेका छन्, ‘हाम्रो राजनीतिक प्रणाली,राजनीतिक दल र राजनीतिक व्यक्तित्वप्रति क्षीण हुँदै गएको जनविश्वासलाई पुनः जागृत गराउन र राजनीतिलाई परिणाममुखी बनाउन सतत प्रयास गर्ने सङ्कल्प सहित नयाँ वर्ष शुरु गरेको छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?