सभामुखले बोलाएको शीर्ष नेताहरूको बैठक स्थगित

लोकपथ
42
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेसँगको तीन शीर्ष दलका नेताह?को बैठक स्थगित भएको छ ।

विभिन्न विषयमा छलफलका लागि सभामुख घिमिरेले दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । तर उक्त बैठक स्थिगित भएको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि सभामुख घिमिरेसँग प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई पटक छलफल भइसकेको छ ।

आज संसदमा रहेका विचाराधीन विधेयक, संसदीय समिति गठन लगायतका विषयमा छलफलका लागि बैठक आह्वान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?