चन्द्र भण्डारीले भने– ‘छिट्टै नेपालमै आएर उपचार गराउनेछु’ (भिडियोसहित)

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् ।

ग्यास सिलिन्डर विस्फोटका कारण घाइते भइ भारतको नेशनल वर्न सेन्टरमा उपचाररत डा. भण्डारीले एक भिडियो सन्देश जारी गरेका छन् ।

आफू स्वास्थ्य अवस्थाको कारण सहभागि हुन नसकेपनि सबैको माया र सद्भावका कारण आफ्नो स्वास्थ्य सुधार हुँदै गएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

साथै आफू छिट्टै नेपाल आएर नेपालमै उपचार गराउने समेत बताएका छन् ।

गत फागुन ८ गते बुद्धनगरस्थित निजी निवासमा ग्यास पड्किँदा भण्डारी घाइते भएका थिए । सो क्रममा घाइते उनकी आमा हरिकला भण्डारीको उपचारको क्रममा निधन भएको थियो ।

https://www.facebook.com/min.bhandari.982/videos/779586347244968

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?