युवा संघको अध्यक्षमा क्षितिज थेवे सर्वसम्मत, को–को आए पदाधिकारी ?

लोकपथ
112
Shares

काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे सर्वसम्मत चयन भएका छन् ।

नेपालगञ्जमा जारी युवा संघको महाधिवेशनले थेवेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
त्यस्तै महासचिवमा सुमन पुरी चयन भएका छन् । भने राजन थापा र महेन्द्र गुरुङ उपमहासचिव बनेका छन् ।

त्यस्तै महाधिवेशनले ७ जना उपाध्यक्ष समेत चयन गरेको छ । जसमा प्रकाश गौतम, पुष्प श्रेष्ठ, अमित लामा, कृष्णहरी केसी, रमेश तिवारी, सीता सुवेदी र महाराज गुरुङ रहेका छन् ।

यता ९ जना सचिव बनेका छन् । जसमा मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विनय शाह, खेम शर्मा, जय गुरुङ, पर्वत भण्डारी, कुवेर अधिकारी र विष्णु चन्द रहेका छन् । त्यस्तै कोषाध्यक्षमा राकेश राई चयन भएका छन् ।

त्यस्तै लेखा आयोगको प्रमुख सन्तोस चौलागाई, उपप्रमुखमा दिपेश खड्का, अनुसाशन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुख दिपेश खड्का र निर्वाचन आयोगको प्रमुख बलराम वेलवासे र उपप्रमुखमा बाबु छत्कुली चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?