अडियो प्रकरणमा मुछिएका डा. श्रेष्ठको सांसद र पार्टीकाे साधारण सदस्यतासमेत खारेज

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता र पार्टीकाे साधारण सदस्यतासमेत खारेज गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई साधारण सदस्यता  र सांसद पदसमेत नरहने गरी कारवाही गरेको हो ।

गत आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनीमाथि रास्वपाको अनुशासन समितिले अनुसन्धान गरेको थियो ।

पार्टी सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिस अनुसार पार्टी विधानको धारा ५६ (४) बमोजिम उनको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिए ।

यो सँगै कानुन बमोजिम निर्वाचन आयोगमा बुझाएको सूची अनुसार विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने प्रक्रिया अघि बढाउने पनि पार्टीले निर्णय गरेको लामिछानेले पत्रकार सम्मेलनमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?