ढाकाकुमारले भने- ‘जनवरीको अडियो अहिले बाहिर ल्याउनु सुनियोजित’

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले अडियो बाहिर ल्याएर सुनियोजित ढंगले उपनिर्वाचनका उम्मेवदारहरुलाई हराउन खोजिएको दाबी गरेका छन् ।

केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्ले श्रेष्ठले जनबरीको भिडियो अहिले ल्याएर सार्वजनिक गर्नु सुनियोजित रहेको भन्दै घुमाउरो पारामा आफ्नो गल्ती स्वीकार गरेका छन् ।

जनवरी फेब्रुवरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको यो चाँही सुनियोजित रुपले हाम्रो पार्टीलाई चारतिरबाट प्रहार हानिएको हो । तीन वटै उम्मेदवारलाई हराउन खोजिएको एउटा योजना हो ।’ उनले भने ।

रास्वपाको बुधबार आयोजित केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफ्नो कारणले पार्टी, उपचुनाव र म आफ्नै मान प्रतिष्ठामा घात परेको भन्दै क्षमायाचना गरेका छन् ।

उनले आफू पार्टीको निलम्बनमा परिसकेको उल्लेख गर्दै आफूलाई षड्यन्त्र भएको विषयमा अदालतमा गइसकेकाले क्लिन चिट पाएर फर्किने पनि बताएका छन् ।

‘जसले पनि बनाउन सकिने अडियो हो । मैले बोलेका भ्वाइसहरु अर्को तरिकाले बनाउन पनि सकिन्छ’, उनले भने, ‘मेरो कुराहरु जे आएको छ, त्यसमा खेद प्रकट गर्दछु ।’

उनले आफ्नो बारे प्रश्न उठिसकेपछि पार्टीले निलम्बन गरेको भन्दै पार्टीको निर्णयको स्वागत गर्ने पनि बताए । ‘म केही समयका लागि निलम्बन परेपनि म न्यायालय गएको छु र यसबारेमा क्लिन चिट ल्याएर यहाँहरुसामु फेस देखाउँछु ।’

उनले आफ्नो कारणले उपनिर्वाचनमा पार्टीलाई अप््ठयारो परेको पनि बताए । तर, यो चुनावको मुखमा गरिएको षड्यन्त्र भएकाले भोट दिएर पार्टीको उम्मेदवारलाई निर्धक्कका साथ अत्यधिक बहुमतले जिताउन उनले आग्रह गरे ।

‘यो पार्टीलाई तिनै निर्वाचन क्षेत्रमा हराउन गरिएको सुनियोजित योजनामा हो’, उनले भने, ‘जसले पार्टीलाई राम्रो मान्नु भएको छ, भोट दिएर अत्यधिक बहुमत दिएर लिडरहरुलाई जिताइदिनु होला । क्लिन चिट पाएपछि म फर्किनेनै छु ।’

केहीदिनअघि सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री हुने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको भिडियो सार्वज्निक भएसँगै विवादमा तानिएका थिए । उनलाई रास्वपाले पार्टी र सांसदबाट निलम्बन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?