बढ्दै कोरोना संक्रमणको ग्राफ, थप एक जनाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ । यसअघि लामो समयपछि मंगलबार (हिजो) पनि कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २३७७ नमुना परीक्षण गर्दा सो परिणाममा संक्रमितहरु थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएसँगै सक्रिय संक्रमितको संख्या ४ सय ४५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?