काठमाडौं । सांसद ढाकाकुमार श्रेष्ठको अडियो काण्डबारे छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
केहीबेरपछि शुरु हुने बैठकमा सहभागि हुने अडियोप्रकणमा मुछिएका श्रेष्ठ पार्टी कार्यालय बसुन्धरा पुगेका छन् ।
व्यवसायी दुर्गा प्रसाईसँग आफू स्वास्थ्यमन्त्री हुने भन्दै श्रेष्ठले दुई करोड मागेको अडियो यतिबेला छताछुल्ल भएको छ । सो क्रममा पार्टीको अनुशासन तथा आचरण समितिले सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।
यता श्रेष्ठले भने आफूलाई फसाउने रणनीति बनाइएको जिकिर गर्दै आइरहेका छन् । पार्टी सभापति लामिछाने आएपछि केहीबेरमा बैठक बस्नेछ ।
यद्यपी रास्वपाले श्रेष्ठलाई पार्टी र सांसदको नाममा कुनै पनि कामकारबाही गर्न नमिल्नेगरी निलम्बन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया