माधव नेपालको आरोप–‘ओली अझै संसद विघटन गरी मध्यावधीमा जाने दाउमा छन्’

लोकपथ
35
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।

बुधबार सुनसरी पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली संसद विघटन गर्ने दाउमा रहेको आरोप लगाएका हुन्। उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने भन्दै ओलीको उक्त सोचलाई पूरा हुन नदिने बताए।

उनले भने, ‘हामीले सुनेका छौं । नेकपा एमाले संसद विघटन गरेर मध्यावधि चुनावमा जाने दाउमा छ । तर हामी त्यो बाटोमा जान सक्दैनौं । केपी आलीको त्यो संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं ।’

नेता नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने एकताको सम्भावना नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?