बैतडीको जिप दुर्घटनाका पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्न सांसद जोशीको माग

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौखेलमा भएको जिप दुर्घटनामा ज्यान गुमाएका परिवारका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद जोशीले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुरहरु सवार जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको उल्लेख गर्दै पीडितलाई तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेका हुन् ।

चैत २८ गते साँझ जीप दुर्घटना भएको थियो । सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले शवसमेत बुझेका छैनन् । सांसद जोशीले सो समस्या तत्काल समाधान गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

पीडित पक्षले क्षतिपूर्ति नदिएपछि बैतडीको पाटनमा शव राखेर सडक बाटो अवरुद्ध पारिरहेका छन् । तर, सरकारले सो विषयमा चासो नदिएकोमा सांसद जोशीको आपत्ति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?