साल्ट ट्रेडिङ्ग कर्पोरेशनको अध्यक्षमा श्रेष्ठ नियुक्त

लोकपथ
112
Shares

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् ।

चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

श्रेष्ठ विगत ८ वर्षदेखि कर्पोरेशनको सञ्चालका रुपमा काम गर्दै आइरहेका छन् ।

उनले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको रुपमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?