काठमाडौं । काठमाडौं र सिन्धुपाल्चोकमा गरी २ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–१२ टेकु ह्युमतटोलस्थित मन्दिर छेउमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् ।
मंगलबार नाम, थर, वतन नखुलेकी अन्दाजी ६२ वर्षीया महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–६ बसेरीस्थित भोटेकोशी खोलामा हाल नाम, थर, वतन नखुलेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सन्दर्भमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया