पिएन क्याम्पसमा आगामी वैशाख ३ गते स्ववियु निर्वाचन

लोकपथ
35
Shares

कास्की । पोखराको पृथ्वीनारायण क्याम्पसमा आगामी वैशाख ३ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।

निर्वाचन समितिले गत चैत ५ गते हुने नसकेको निर्वाचन आगामी वर्ष वैशाख ३ गते गर्ने गरी सोमबार कार्यतालिका प्रकाशन गरेको छ । बुधबार उम्मेद्वारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

चैत ३० गते राति १२ बजेदेखि मौन अवधि सुरू हुनेछ । पृथ्वीनारायण क्याम्पसमा १० हजार ८७० जना मतदाता छन् । जुन देशभरका क्याम्पसमा रहेको सबैभन्दा बढी हो ।

यसअघि विद्यार्थी संगठनले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए । पछि निर्वाचन समितिले काम गर्न नसकिने भन्दै क्याम्पस प्रमुखलाई पत्र पठाएका थियो। विद्यार्थी संगठन ताला खोल्न सहमत भएपछि निर्वाचन समिति काम गर्न तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?