काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७७ जनामा पीसीआर र ४७ जनामा एन्टीजेन पुष्टि भएको हो ।
त्यसैगरी थप २९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमणदर बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया