न्यूनतम साझा कार्यक्रममा जनमोर्चाको विमत्ती

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान सत्तागठबन्धनले ल्याएको न्यूनतम् साझा कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाले स्वीकार नगरेको बताएका छन्।

आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले आफूहरुले विमत्ती राखेका विषयहरु समेत न्यूनतम साझा कार्यक्रममा राखेको भन्दै आफूहरुले त्यसलाई स्वीकार नगरेको बताए ।

“राष्ट्रिय जनमोर्चाले न्यूनतम कार्यक्रममा रहेको सङ्घीयता, नागरिकता र सङ्क्रमणकालीन विषयमा विमती राख्दै आएको भए पनि बाहिर त्यो कार्यक्रमलाई समर्थन गरेको भन्ने विषय सार्वजनिक हुँदा जनतामा अलमल भयो । हामीले सङ्घीयतालाई स्वीकार गरेका छैनौँ”, उनले भने।

त्यस्तै आफूले केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरे पनि न्यूनतम साझा कार्यक्रममा आफ्नो विमत्ती रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?