काठमाडौं । सर्वोच्च अदालतले विपक्षी दलको नेतासम्बन्धी रिट खारेज गरेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेता मान्यता दिन नहुने मागदाबीसहित सर्वोच्चमा पुगेको रिट खारेज भएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र डा। मनोजकुमार शर्माको संयुक्त इजलासले खारेज गरेको हो ।
अधिवक्ता विमलप्रसाद पोखरेलले देउवालाई विपक्षी दलको नेता कायम गर्न नहुने मागदाबी गरेका थिए ।
सरकारलाई विश्वासको मत दिने दल विपक्षी हुन नसक्ने पोखरेलको दाबी रहेको थियो ।
देउवाले वर्तमान सरकारलाई विश्वासको मत दिएर विपक्षी दलको नेताको मान्यता दिन भन्दै संसद सचिवालयलाई पत्र लेखेका थिए । त्यससँगै देउवाको चौतर्फी आलोचना समेत भएको थियो ।
यता सरकारलाई विश्वासको मत नदिएका संसदका केही साना दलहरुले भने आफूहरुलाई विपक्षी दलको मान्यता दिन आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया